प्रवेशपरीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई !!!
# जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरीको स्नातक तह प्रथम वर्षको
व्यवस्थापन, शिक्षा शास्त्र र मानविकीतर्फको मिति २०७९ साल असोज ७ गते शुक्रवार सञ्चालित प्रवेशपरीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई मोबाइल एस. एम.एस. मार्फत् जानकारी पठाइसकिएको व्यहोरा उल्लेख गर्दै यही असोज ९ गते आइतबारदेखि नै विहान ७:०० – ११:०० बजेभित्रको समयमा क्याम्पसमा आएर भर्ना हुन सार्वजनिक रूपमा पनि सूचित गरिन्छ।
# भर्ना प्रक्रियामा आवश्यक पर्ने कागजातहरूको विवरण यसप्रकार छ –
१. एसईईको ग्रेड सिट तथा चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट),
२.कक्षा ११ र १२ को ग्रेड सिट र
३. तीन प्रति फोटा।
नोट-
१.भर्नाका समयमा विद्यार्थीका अविभावकको उपस्थिति अनिवार्य छ।
२.भर्ना कार्यक्रममा पहिला आउनेलाई पहिलो प्राथमिकता दिइनेछ।
जनता बहुमुखी क्याम्पस