त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु स्नातकोत्तर तह प्रथम बर्षको आंशिक र मौका समेतको परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सूचना
   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालको  स्नातकोत्तर तह प्रथम बर्षको आंशिक र मौका समेतको  परीक्षा दिने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका परीक्षार्थीहरू तथा प्राइभेट तर्फका आंशिक परीक्षा दिने परीक्षार्थीहरूको हकमा २०६२ सालमा प्रथम वर्षमा क्याम्पसमा भर्ना भई २०६३ सालमा पहिलो पटक प्रथम वर्षको परीक्षा दिइ ६ वर्ष नाघी उत्तीर्ण हुन नसकेका र प्राइभेटको हकमा २०६३ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिइ ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेको मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका मौका परीक्षा दिने स्नातकोत्तर तह प्रथम वर्षका परीक्षार्थीहरूलाई २०७६ सालको परीक्षामा अन्तिम पटकका लागि मौका परीक्षामा सम्मिलित हुने त्रि. वि. प्राज्ञिक परिषद्को निर्णय अनुसार त्यस्ता क्याम्पसका परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालयमा र आफूलाई पायक पर्ने क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल पौष १३ गते देखि मिति २०७६ साल माघ १४ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र २०७६ साल माघ २१ गते सम्म परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । १) परीक्षा फारम सम्बन्धमाःक) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । ख) परीक्षार्थीहरूले त्रि. वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।ग) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ । घ) परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ । ङ) क्याम्पसका परीक्षार्थीको परीक्षा आवेदन फारम क्याम्पसले यस कार्यालयमा बुझाउनु अगाडि विद्यार्थीले भरेका प्रत्येक परीक्षा आवेदन फारम र फोटोमा समेत पर्ने गरी क्याम्पस प्रमुखले अनिवार्य रुपमा दस्तखत गर्नुपर्नेछ ।च) मौका परीक्षाको लागि नियमित परीक्षा दिएको पहिलो पटकको सक्कल लब्धाङ्क पत्रको फोटोकपी परीक्षा आवेदन फारम साथै पेस गर्नु पर्नेछ ।छ) प्राइभेट तर्फको आंशिक परीक्षार्थीहरूको लागि गत वर्ष दिएको सक्कल लब्धाङ्क पत्र रुजु गर्न परीक्षा आवेदन फारम साथै पेस गर्नु पर्नेछ साथै गत वर्ष दिएको परीक्षाको परीक्षा रो. नं. परीक्षा आवेदन फारमको माथिल्लोे भागमा अनिवार्य लेख्नुपर्नेछ ।ज) प्राइभेट आंशिक र मौका समेतका परीक्षार्थीहरूले आफुलाई पायक पर्ने त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय र निम्न लिखित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क राखी परीक्षा आवेदन फारम बुझाउन सक्नेछन् । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयः स्नाकोत्तर क्याम्पस भवन, विराटनगर । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयः पृथ्वीनारायण ब. क्याम्पस भवन, पोखरा । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयः भृकुटीनगर, नेपालगञ्ज । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयः अत्तरिया, कैलाली । झ) उपत्यकाभित्रका क्याम्पसहरूले पहिलो म्याद सकिएको २ दिनभित्र नै परीक्षा दस्तुर रकम बुझाएको बैंक भौचर अनिवार्य रुपमा बनाउन पर्ने छ । उक्त बैंकको भौचर बनाएको २ दिन भित्र अनिवार्य रुपमा त्रि.वि.प.नि.का. बल्खुमा परीक्षा आवेदन फारम बुझाई सक्नुपर्नेछ । ञ) काठमाण्डौ उपत्यका बाहिरका क्याम्पसहरूले पनि २ दिन भित्र परीक्षा दस्तुर रकम बुझाएको बैंक भौचर बनाई सक्नुपर्नेछ र ४ दिनभित्र परीक्षा आवेदन फारम उक्त भौचर सहित सम्बन्धित क्षे.प.नि.का.मा  र मध्यमाञ्चल क्षेत्रका क्याम्पसहरूले प. नि. का बल्खुमा अनिवार्य रुपमा बुझाई सक्नुपर्नेछ ।ट) क्याम्पसहरूले दोब्वर दस्तुरको म्याद सकिएको भोलिपल्टै परीक्षा शुल्कको बैंक भौचर बनाई उपत्यकाभित्रका क्याम्पसहरूले २ दिन भित्र र उपत्यका बाहिरका क्याम्पसहरूले ४ दिनभित्र अनिवार्यरुपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा आवेदन फारम बुझाइ सक्नुपर्नेछ ।३) परीक्षा शुल्क ः

क्र. सं.शीर्षकशुल्क
क.क्याम्पसका आंशिक परीक्षार्थीका लागि शुल्करू. ६४०।–
ख.क्याम्पसका मौका परीक्षार्थीका लागि शुल्करू. १५००।– 
ग.प्राईभेट पुरा र आंशिक परीक्षार्थीका लागि शुल्करू. ११२५।–
घ.प्राईभेट मौका परीक्षार्थीका लागि शुल्करू. १५००।–      
ङ.परीक्षा आवेदन फारम शुल्करू. ६५।–
च.परीक्षा केन्द्र शुल्क प्रति खण्डरू. ११०।–
छ.प्रयोगात्मक परीक्षा एक विषयका लागि शुल्क                                रू. १७५।–
ज.प्रयोगात्मक परीक्षा दुई वा सो भन्दा बढी विषयका लागिरू. ३२५।–
झ.फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्करू. ३२५।–

४) परीक्षा शुल्क बुझाउने सम्बन्धमा :
क) काठमाण्डौ उपत्यका भित्र तथा बाहिरका क्याम्पसका आंशिक र मौका समेतका परीक्षार्थीहरूको परीक्षा शुल्क त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको ने. बैं. लि. एक्स्टेन्सन काउन्टर बल्खुको आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा अथवा ग्लोबल आईएमई बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर बल्खुको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू जम्मा गरेको बैंक भौचर सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ साथै प्राइभेट तर्फका आंशिक र मौका समेतका परीक्षार्थीले परीक्षा शुल्क प. नि. का. बल्खुमा रहेको एक्स्टेन्सन काउन्टरबाट मात्र नगद दाखिला गरी परीक्षा फारम बुझउनु पर्नेछ ।
ख)  क्षे. प. नि. का. विराटनगर क्षेत्रका क्याम्पसका तथा प्राइभेट आंशिक र मौका समेतका परीक्षार्थीहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च. हि. नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजारअड्डा शाखा, विराटनगरमा रकम बुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
ग) क्षे. प. नि. का. नेपालगञ्ज क्षेत्रका क्याम्पसका तथा प्राइभेट आंशिक र मौका समेतका परीक्षार्थीहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च. हि. नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक बाँकेमा रकम बुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
घ) क्षे. प. नि. का. पोखरा क्षेत्रका क्याम्पसका तथा प्राइभेट आंशिक र मौका समेतका परीक्षार्थीहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क त्रि.वि. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराकोे च. हि. नं. ०९१००१०११०१३४००००००१ नेपाल  बैंक लिमिटेड बगर शाखा, पोखरामा रकम वुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा वुझाउनु पर्नेछ ।
ङ) क्षे. प. नि. का. अत्तरियाको हकमा क्याम्पसका तथा प्राइभेट आंशिक र मौका समेतका परीक्षार्थीहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क काठमाण्डौ त्रि.वि .प.नि.का.वल्खु परीसरमा रहेको नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा अथवा ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू नगद जम्मा गरी बैंक भौचर सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।
द्रष्टब्य :
१) प्राइभेट तर्फका २०७५ सालको पुरा परीक्षा  दिइ २०७६ सालमा आंशिक परीक्षा दिने जनप्रशासन र राजनीतिशास्त्रका परीक्षार्थीहरूको हकमा गत साल जुन क्षे.प.नि.का वा प.नि.का वाट परीक्षा फारम भरेको हो सोही ठाँउवाट परीक्षा फारम भर्नु पर्नेछ र परीक्षा केन्द्र पछि प्रकाशन गरीने छ । 
२) एयर डकुमेन्ट, हुलाक वा कुरीयरद्वारा पठाइएका फारमहरू यस कार्यालयले कुनै पनि हालतमा बुझ्ने छैन ।
३) त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन समवन्धी नियम २०५० को वुँदा नं.२१७   अनुसार जुन    परीक्षामा सम्मिलत हुने हो सो परीक्षाको लागि योग्य ठहरिएका विद्यार्थीलाई मात्र परीक्षार्थीको रुपमा परीक्षा फारम भराउनु पर्नेछ । अयोग्य परीक्षर्थीलाई परीक्षा फारम भराएमा त्यस्तो फारम भराउने पदाधिकारी, कर्मचारीलाई विभागीय  कारबाही हुनेछ ।
यो सूचना त्रि. वि. website: www.tuexam.edu.np मा हेर्न सकिन्छ ।
परीक्षा नियन्त्रक