यस क्याम्पसमा अध्ययनरत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको यस वर्षको लागि अर्धशुल्क छात्रवृत्ति फारम खुलेको जानकारी गराईन्छ । मिति २०७५ साल पौष १ गते देखि मिति २०७५ साल पौष १३ गते भित्रमा फारम भरि अनिवार्य रुपमा देहायका कागजात संलग्न गरी बुझाउनुपर्नेछ । समय भित्र फारम नभर्ने विद्यार्थीका लागि अर्को व्यवस्था हुने छैन ।
 स्नातक तह तेस्रो वर्षको मार्कसिटको फोटोकपी बुझाउनुपर्नेछ,
 अर्धशुल्क छात्रवृत्ति फारम भर्ने विद्यार्थीले अनिवार्य रूपमा विद्यार्थी परिचय पत्रको फोटोकपी संलग्न गर्नुपर्नेछ,
 क्याम्पसको नियम पालन गरेको हुनुपर्छ,
 एकै परिवारको एक भन्दा बढी विद्यार्थीहरू यसै क्याम्पसमा अध्ययनरत भएमा स्पष्ट विवरण उल्लेख गर्नुपर्नेछ,
 आवेदकले आवेदन फारम भर्नुभन्दा पहिला अनिवार्य रुपमा आफ्नो सङ्काय अन्तरगतको कक्षामा भर्ना भएको हुनुपर्ने,
 आवेदन फारममा विवरण ढाँट्न पाइने छैन,
 आवेदन फारम दस्तुर बुझाई रसिद काटेको हुनुपर्नेछ,
 क्याम्पसको सक्कली छाप लागेको आवेदन फारम मात्र प्रयोग गर्नुपर्ने छाप नभएको आवेदन फारमलाई मान्यता दिइने छैन,
 आवेदन फारम शुल्क रु.५०÷– लाग्नेछ,
 क्याम्पसले सञ्चालन गरेका सबै आन्तरिक मूल्याङ्कन परीक्षामा अनिवार्य रुपमा सामेल भएको हुनुपर्नेछ,
 परीक्षा फारम भरीसकेपछि मात्र अन्तरवार्ता हुनेछ ।

(गीता अधिकारी)
संयोजक
छात्रवृत्ति तथा अर्धशुल्क व्यवस्थापन समिति