उपर्युक्त विषयमा क्याम्पस व्यवस्थापन समितिको मिति २०७५ साल मङ्सिर ११ गते बसेको बैठकले विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरमा QAA अवार्ड लिन मिति २०७५ साल मङ्सिर १४ गते शुक्रवारका दिन दिनको ११ः०० बजे समय तोकि उक्त आयोगबाट पत्राचार भएको हुँदा उक्त अवार्ड लिन जानुपर्ने भएको र वार्षिक साधारणसभा तथा परिषद्सभाको तयारी गर्न समय लाग्ने भएकाले क्याम्पस व्यवस्थापन समितिको अर्को बैठकद्वारा उक्त वार्षिक साधारणसभा तथा परिषद्सभा तोक्ने गरी निर्णय भएको जानकारी गराउँदै तत्काललाई स्थगन गरिएको व्यहोरा सूचित गरिन्छ ।

 

भोजराज श्रेष्ठ
क्याम्पस प्रमुख