शोक विदा सम्बन्धमा ।


वि.सं. २०३२ साल मङ्सिर १२ गते सुनसरी जिल्ला महेन्द्रनगर हाल बराहक्षेत्र न.पा. वडा नं. ८ मा पिता कृष्णप्रसाद र माता गोमादेवी फुयलका जेष्ठ सुपुत्रका रुपमा जन्मनु भई स्थायी बसोबासका क्रममा इटहरी उमनपा वडा नं. २ गणेश टोलमा निवासी, मिति २०७२ साल मङ्सीर २ गते देखि जनता बहुमुखी क्याम्पस इटहरीमा कार्यरत कर्मचारी दिलकुमार फुयलको यही मिति २०७५ साल कार्तिक २ गते शुक्रवारका दिन निधन भएकोमा जनता बहुमुखी क्याम्पस परिवार स्तब्ध भएको छ । शोकको यस घडीमा शोकाकूल परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनि इश्वरसँग प्रार्थना गर्दै स्वर्गवासी आत्माको चिरशान्तिको कामनाका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आज मिति २०७५ साल कार्तिक ३० गतेका दिन शोकविदा गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

 
(भोजराज श्रेष्ठ)

क्याम्पस प्रमुख